logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक हजार चार सयले बढ्यो सुनको मूल्य


अंकुरण खबर
780
Shares

नेपाली बजारमा बिहीबार एकै दिन सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिनसम्म केही घटेको सुन बिहीबार फेरि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँ पुगेको छ ।

बुधबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । बुधबार १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।