logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

अभिनेता पल शाहको मुद्दा आज उच्च अदालत पोखरामा सुनुवाइ हुँदै


अंकुरण खबर
598
Shares

अभिनेता पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ ।

बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पल शाहलाई आरोप लगाउने पीडित नाबालिग र उनका परिवारले आरोपहरु झुठो भइसकेको बताएका छन् ।

यस अवस्थामा आजको उच्च अदालतको सुनुवाइ महत्वपूर्ण रहनेछ । उच्च अदालत पोखराका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा पलको मुद्दा पेशी तोकिएको छ ।

पीडितले नै झुटो जाहेरी दिएको बताएपछि पललाई थुनामुक्त गर्नुपर्ने उनी पक्षको माग छ ।