logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वाईसीएल सिन्धुपाल्चोक जिल्ला इन्चार्ज रानासहितको टोली एमालेमा प्रवेश


अंकुरण खबर
1.456K
Shares

नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएल नेपालका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक इन्चार्ज सुरेश राना ‘योगदान’ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बिहीबार बिहान नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले रानासहितका वाईसिएलका कार्यकर्तालाई आफ्नै निवास बालकोटमा पार्टी प्रवेश गराएका हुन् ।

चौतारा साँगाचोगगढी नगरपालिका-१३ मा वडा अध्यक्ष छनोटमा एकलौटी गरेको भन्दै युवाहरू असन्तुष्ट थिए । उनीहरूले उम्मेदवारी मनोनयनका क्रममा विरोध प्रदर्शन समेत गरेका थिए ।

चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र र समाजवादीबीच गठबन्धन भएको छ भने एमाले र काग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा छ ।