ओखलढुङ्गा लिखु गाउँपालिका–८ टार केराबारीमा एक जनाको चट्याङ लागेर मृत्यु भएको छ ।
बुधबार राती ४४ वर्षीय देवबहादुर दर्जीको चट्याङ लागेर मृत्यु भएको हो । देवबहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघबहादुर दर्जी घर नजिकै रहेको चौतारामा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागि दुवै जना घाइते भएका थिए ।
उनीहरु अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गामनाङटारबाट खटिएको प्रहरीले घाइतेहरूलाई उपचारको लागि तामाकोशी अस्पताल रामेछाप पठाएको थियो ।
उपचारको क्रममा देवबहादुर दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । मेघ बहादुरलाई थप उपचारको लागि पाटन अस्पताल ललितपुर रिफर गरिएको छ ।