logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना र रुस-युक्रेन द्वन्द्वका कारण मानसिक असर देखियो : डब्लुएचओ


अंकुरण खबर
819
Shares

विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै युक्रेनमाथि भएको रुसको हमलाले मानिसको मानसिक स्वास्थ्यमा असर परिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले यसअघि विश्वमा नै कोभिडका कारणले मानसिक स्वास्थ्य समस्या उत्पन्न गरेको र यसबाट दशौँ लाख मानिसलाई प्रभावित बनाएको जनाएको छ।

त्यसैगरी पछिल्लो समयमा आएर युक्रेन पनि यही समस्याका रुपमा थपिएको भन्दै यी दुई समस्याले दशौँ लाख मानिसलाई मानसिक स्वास्थ्यको समस्या देखा परेको सो संगठनले जनाएको छ। सो संगठनका युरोप क्षेत्रका निर्देशक हान्स क्लुगले सो कुरा बताएका हुन्।

उनले अनुसन्धानबाट यस्तो समस्या देखिएको भन्दै युक्रेनमाथिको हमलाले युक्रेनका नागरिक मात्र नभएर द्वन्द्वका रुपमा यसको असर अन्यत्र पनि परेको उनले बताए।

रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेन र यसका छिमेकी देशहरुमा मानसिक स्वास्थ्यको परामर्श तथा औषधि खपतमा पनि वृद्धि भएको उनले बताए।