logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

धनुषामा लागुऔषध गाँजासहित युवक पक्राउ


अंकुरण खबर
793
Shares

प्रतिबन्धित लागुऔषध पाँच किलो गाजाँसहित धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरबाट लागुऔषध गाँजासहित धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरका ३१ वर्षीय किसुनदेव यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बरमझियाबाट प्र२–०३–०१९प १९४२ नम्बरको मोटरसाइकलमा डुमरियातर्फ जाने क्रममा जाँच गर्दा लागुऔषध गाँजा बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।