logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाँच वर्षमा भरतपुरलाई गर्व गर्ने ठाउँमा पुर्‍याएका छौं : रेनु दाहाल


अंकुरण खबर
2.015K
Shares

भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार रहेकी नेतृ रेनु दाहालले भरतपुरमा गर्व गर्न सकिने काम गरेको दाबी गरेकी छन् ।

बिहिबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले ०७४ सालमा मेयरमा निर्वाचित भएर विपक्षीहरुका अगाडि शीर झुकाउनु नपर्ने गरी काम गरेको बताएकी हुन् ।

सत्तारुढ गठबन्धनले भरतपुरमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै उनले भनिन्, ‘पाँच वर्षमा टाउको झुकाउन नपर्ने गरी, प्रतिपक्षको आँखा जुधाएर कुरा गर्न सक्ने भएका छौं,  भरतपुरलाई गर्व गर्ने ठाउँमा पुर्‍याएका छौं। ’

उनले भरतपुरलाई आगामी दिनमा पर्यटकीय गन्तव्य बनाउन, रोजगारीको सिर्जना गर्न काम गर्ने बताइन् । उनले भूमिहीनहरूलाई जग्गा प्रदान गर्ने पनि बताइन्। उनले भनिन्, ‘पूर्वाधारको क्षेत्रमा कास्टिङ भइसकेको छ, अब फिल्म देखाउन बाँकी छ ।’