एक सातादेखि निरन्तर गिरावट आएको सेयर बजार आज पनि ओरालो लागेको छ ।
बिहीबार ३७.०६ अंकले घटेर बजार २२३८.६२ विन्दमा झरेको हो । आज २३२ कम्पनीको ३४ हजार २ सय ६० वटा कारोबार भयो । यसबाट ४६ लाख ७४ हजार ९४० कित्ता सेयर किनबेच भएको छ ।
यस दिन कारोबार रकम भने १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७३ रुपैयाँ बराबरको भएको छ ।