अमेरिकाले नेपाललाई पाँच वर्षको लागि दिने भनिएको ७९ अर्ब ७१ करोड रूपैयाँ सहयोग सम्झौता भएको छ।
नेपाल सरकारका तर्फबाट सह(सचिव इश्वरी प्रसाद अर्याल र युएसएडका नेपाल मिशन निर्देशक सेपिध किवान्सले उक्त सम्झौतामा हस्ताक्षर गरिएको छ।
कृषि, सडक, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा यो सहयोग खर्च हुनेछ र अनुदानको रुपमा आएको यो सहयोग नेपालले तिर्नु पर्दैन्।