logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गठबन्धन टुटाउने थुप्रै षड्यन्त्र भइरहेका छन्, यसलाई जोगाउँन आवश्यक छ : प्रधानमन्त्री देउवा


अंकुरण खबर
1.248K
Shares

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जताततैबाट गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउँदै भरतपुर महानगर मेयरमा विवाद नगर्न नेताकार्यकर्तालाई आग्रह गरेका छन्।

चितवनको भरतपुरमा सत्तारुढ गठबन्धनले आज (बिहीबार) आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले भने,  गठबन्धन टुटाउने थुप्रै षड्यन्त्र भइरहेका छन् । षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी खतम हुन्छ।’

सबैले एकताबद्ध भएर गठबन्धन टुटाउने षड्यन्त्रलाई परास्त गर्नुपर्ने धारणा उनले व्यक्त गरे। त्यस्तो कदमको सुरूवात भरतपुरबाट गर्नुपर्ने उनको भनाइ थियो।

अहिले भरतपुरमा माओवादी केन्द्रका उम्मेदवारलाई जिताए भोलि कांग्रेस नेताकार्यकर्ताले पनि अवसर पाउने उनको भनाइ छ । अहिले रेनु दाहाललाई सघाउनु चितवन कांग्रेसको कर्तव्य भएको उनले बताए।

देउवाले कुनै पार्टीले पनि बहुमत ल्याउन स्थिति नरहेकाले गठबन्धनलाई जोगाइरहनु आवश्यक रहेको बताए।