अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर नयाँ मूल्य सूचि पठाए पनि निगमले २२ चैतदेखि मूल्यवृद्धि गरेको छैन ।
आईओसीले पठाएको नयाँ मूल्यसूचीका आधारमा हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको निगमले हाललाई स्वचालित मूल्य प्रणाली रोकेको छ ।
३० वैशाखको स्थानीय निर्वाचनपछि भने स्वचालित मूल्य प्रणालीलाई नै निरन्तरता दिने निगमका कार्यकारी निर्देशकले बताए ।
स्थानीय निर्वाचन लगत्तै निगम सो निर्णयमा पुगे पेट्रोल र डिजेलको उपभोक्ता खुद्रा बिक्री मूल्य प्रतिलिटर १८३ रुपैयाँ भन्दा धेरै पुग्नेछ ।
चुनावको बेलामा सरकारको विरोध हुन सक्ने भन्दै हिजोआज आयल निगमले इन्धनको मूल्य बढाएको छैन ।