logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्थानीय तह निर्वाचनमा भाग लिन अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दल र सम्पूर्ण आम नागरिकलाई आग्रह


अंकुरण खबर
598
Shares

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भाग लिन अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दल र सम्पूर्ण आम नागरिकलाई गृहमन्त्री बालकृष्ण खाणले आग्रह गरेका छन्।

‘आवधिक निर्वाचन लोकतन्त्रमा अपरिहार्य हो। म अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दललाई यो निर्वाचनमा माग लिएर नागरिकको सशक्तिकरण र विकास निर्माणको कार्यमा सहभागी हुन आग्रह गर्छु,’ गृहमन्त्री खाणले भने, ‘निर्वाचनमा सबैको सहभागिताका लागि स्थानीय प्रशासन र सुरक्षा निकायले वातावरण निर्माण गर्नुपर्छ।

गृहमन्त्री खाणले सरकार स्थानीय तह निर्वाचन शान्तिपूर्णरूपमा स्वच्छ, निष्पक्ष र धाधलीरहित तरिकाले सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए।