logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हिटलर पनि यहुदीको हिस्सा भएको आफ्ना विदेशमन्त्रीको अभिव्यक्तिप्रति पुटिनले मागे माफी


अंकुरण खबर
1.079K
Shares

आफ्ना विदेशमन्त्रीले एउटा अन्तर्वार्तामा नाजी नेता हिटलरको पनि यहूदी रगत थियो भनेको विषयलाई लिएर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले माफी मागेको इजरेलले जनाइएको छ।
यद्यपि उक्त टेलिफोन वार्ताबारे रुसले जारी गरेको विवरणमा माफीबारे उल्लेख गरिएको छैन।

रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोफले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की यहूदी हुँदाहुँदै पनि युक्रेनलाई नाजी राष्ट्रका रूपमा चित्रण गरेको औचित्य पुष्टि गर्ने प्रयासस्वरूप उक्त टिप्पणी गरेका थिए।