मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय सरकारले गरेको छ।
शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।
७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा तीन दिन बिदा दिएको हो।
सरकारी निर्णयअनुसार वैशाख २८ देखि ३० गतेसम्म विद्यालय बन्द हुनेछ तर ३१ गते शनिबार परेको र जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुईदिन बिदा दिने सरकारी निर्णयअनुसार जेठ १ गते आइतबार पनि विद्यालय बन्द हुने र ठ २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा भएकोले ६ दिन बिदा हुने भएको छ।