मोरङको बेलबारी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका खेमप्रसाद गौतमको गाडीमा शुक्रबार बिहानका राति आगजनी गरिएको जानकारी गौतमले दिए।
बेलबारी नगरपालिका–२ घर भएका गौतम राप्रपाबाट मेयरका उम्मेदवार हुन्।
आगजनीबाट झण्डासहित कारको अगाडि र पछाडिको केही भाग जलेको छ।
उनले चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएको बा १२ च ९३८४ नम्बरको कारमा बिहानका राति १ :४० बजेतिर आगजनी गरिएको प्रहरीले जनाएको छ।
एक जना नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।