नेपाल सरकारले वृद्धि गरेको हवाई यात्रा सेवा शुल्क जेठ दोस्रो साताबाट लागू हुने भएको छ ।
१४ जेठबाट कार्यान्वयनमा आउन लागेको सेवा शुल्क गएको चैत मसान्तमा मन्त्रिपरिषद्बाट पारित भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै वृद्धि भएको विमानस्थल सेवा शुल्क १४ जेठबाट कार्यान्वयनमा आउने जानकारी दिएको छ ।