काठमाडौं उपत्यकाका केही स्थानमा अहिले वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघि देशका अरू स्थानमा वर्षा भइरहेको थियो ।
वर्षा अझै एक दुई घण्टा जारी रहने र केही समय पानी पर्न रोकिए पनि मौसम पूर्ण रूपमा सफा नहुने मौसम पूर्वानुमान महाशाखा बताएको छ।
आज देशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।