logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चुनावको मुख्य दिन अनुमति प्राप्त बाहेकका गाडी नचल्ने


अंकुरण खबर
3.016K
Shares

प्रशासनको अनुमति लिएकाबाहेक सार्वजनिक र निजी गाडी चलाउन नपाइने निर्वाचन आयोगले जनाएको छ ।

चुनावको मुख्य दिन आउँदो ३० गते अनुमति प्राप्त बाहेकका गाडी नचल्ने भएका छन् ।

मतदानको दिन गाडी चलाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।

अन्य निकाय वा संस्थाले सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा गाडी नम्बर, प्रयोगकर्ताको नामसहित पासका लागि २८ गतेसम्म निवेदन पेस गर्नुपर्नेछ ।

एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दमकल, दुरसञ्चार, शववाहन, अस्पताल सेवा तथा विद्युत् सेवाको लागि अनुमति लिनु नपर्ने आयोगले जनाएको छ ।