विगतका सालसम्ममा निर्वाचनमा गाउँदेखि शहरसम्म र टोल–टोलमा चुनावी प्रचार सामग्रीले भरिएको हुन्थ्यो ।
खाली भित्ताहरुमा उम्मेदवारको तस्वीरले भएको पर्चाले भरिएको हुन्थ्यो ।
चुनावी समयमा गाउँ–गाउँमा आफ्नो चुनाव चिह्न अंकित टिसर्ट तथा टोपी लगाउने भेटिन्थे ।
तर, आजभोलि गाउँ–गाउँ र टोल–टोलमा पर्चा पोस्टर टाँसिएको पाइन्दैन ।
सामाजिक सञ्जालहरुमा भने चुनावी प्रचारप्रसार सामग्रीले भरिभराउ भएको छ र उम्मेदवारीहरुको पर्चा पम्प्लेट, चुनावी घोषणापत्र, चुनावी प्रतिबद्धतापत्रले अहिले सामाजिक सञ्जाल भरिएको छ ।
उम्मेदारहरुको भिडियो क्लिप बनाउने, सम्पादन गर्ने, डिजिडल प्रचार–प्रसार गर्नका लागि पर्चा पम्प्लेट डिजाइन गर्न ग्राफिक डिजाइन, भाषा सम्पादान जस्ता दक्ष जनशक्ति परिचालन हुर्दै आएको स्रोतले जनाएको छ ।
चुनावी प्रचार फिजिकलदेखि डिजिटलसम्म भएको छ ।