logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वैशाख ३० मा यी सवारी साधान चल्न पाउनेछन् ?


अंकुरण खबर
598
Shares

स्थानीय तहको निर्वाचनको दिन वैशाख ३० मा केही अति आवश्यक सवारी साधान सञ्चालनमा आउने छन् ।

सार्वजनिक यातायात नचल्ने सो दिनमा निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत गरि चल्न दिने साधानको सूची तयार गरेको हो ।

सो दिन एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सवारीसाधनको हकमा सवारी अनुमति पत्र लिनुपर्ने छैन ।

त्यस्तै उम्मेदवार वा उम्मेदवार निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन चलाउन पाउँछन् ।

सवारी साधनमा प्रयोग गर्ने अनुमति पत्र आयोगले, मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृत तथा प्रमुख जिल्ला अधिकारीले तोकिएको ढाँचामा जारी गर्नेछन् । तर, काठमाडौँको हकमा निर्वाचन आयोगमा एकीकृत डेस्क खडा गरिने भएको छ ।

मानवीय उद्धार तथा सहायतामा प्रयोग गरिने सवारी साधनका हकमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमति लिइ सवारीसाधन प्रयोग गर्न सकिनेछ भने अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुका हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म र विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमनको सहजीकरण हुनेछ ।