logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैतडीमा कोदालो प्रहारबाट एक युवकको मृत्यु


अंकुरण खबर
1.313K
Shares

बैतडीको डिलाशैनी गाउँपालिका-७ मा काेदालाे प्रहारबाट एक युवककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मनेकुडा बस्ने २१ वर्षीय श्याम ऐर रहेका छन् । छिमेकी वीरबहादुर ऐर र श्यामबीच खानेपानीकाे विषयमा विवाद हुँदा प्रहार भएकाे काेदालाे लागेर उनकाे मृत्यु भएकाे हाे ।

शवकाे पाेष्टमार्टम गर्ने तयारी भइरहेकाे छ भने काेदालाे प्रहार गर्ने वीरबहादुरलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।