logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अध्यक्ष भएँ भने गाडीको सुविधा लिन्न : कालाखेती


अंकुरण खबर
988
Shares

मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका रञ्जन कालाखेतीले निर्वाचित भए गाडीको सुविधा नलिने घोषणा गरेका छन् ।

शुक्रबार मनहरीमा पत्रकारहरूसँगको भेटघाटका क्रममा उनले मनहरीकै दुर्गम क्षेत्रका सर्वसाधारण एम्बुलेन्सको अभावमा अकालमा ज्यान गुमाउन बाध्य रहेको भन्दै उनले अध्यक्षमा निर्वाचित भए गाडीको सुविधा नलिने घोषणा गरेका हुन् ।

‘राजनीति जनताको सेवाको लागि गर्नुपर्छ भन्ने मेरो बुझाई हो । म आफ्नै गाडी चढ्दै आएको छु । गाडीको सुविधा विपन्न पालिकाबासीको उपचारमा खर्च गर्ने मेरो योजना हो’, उनले भने, ‘पालिकालाई विवादरहित तवरले सञ्चालन गर्नेछु । जनतासँग गरेका वाचाहरू पूरा गर्नेछु । मनहरी गाउँपालिकावासीको साझा अध्यक्षको रूपमा काम गर्नेछु ।’

एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिको व्यवहारले दिक्क भएका कार्यकर्ता गठबन्धनलाई भोट हाल्न तयार रहेको उल्लेख गर्दै उनले गठबन्धनका उपाध्यक्षसहित धेरै वडा जित्ने दाबी गरे ।