logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डोटीमा जीप दुर्घटना : दुई जना घाइते, एकको अवस्था गम्भीर


अंकुरण खबर
884
Shares

डोटीमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आदर्श गाउँपालिकाबाट दिपायलतर्फ आइरहेको शिलेश्वरी यातायातको से१ज ७८५ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दिपायल सिलगढी नगरपालिका-१ तिखाको माथिल्लो मोडमा शनिबार साँझ टिपरलाई साइड दिने क्रममा जीप दुर्घटना भएको हो ।

दुर्घटनामा २५ वर्षीय चालक रमेश दास सामान्य घाइते भएका छन् । जीपमा सवार आदर्श गाउँपालिका–२ भाडीकोटका २४ वर्षीय डिलबहादुर थापा गम्भीर घाइते भएका छन् । घाइते थापाको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जीप पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।