logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल निर्वाचन: चुनावी चर्चाको केन्द्र बनेको भरतपुरमा रेनु दाहाल, जगन्नाथ पौडेल र विजय सुवेदीका तीन थरी दाउ


अंकुरण खबर
572
Shares

भरतपुर महानगरपालिकामा केन्द्रीय नेताहरूको दौडधुपले स्थानीय चुनावको कथालाई उनीहरूको व्यथा बनाइदिएको देखिन्छ।

गत साता सत्ताधारी गठबन्धनका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा “आफ्नो पक्षमा परिणाम नआए दुर्घटना हुने” चेतावनी दिए भने प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले चाहिँ “गठबन्धनले हारे आफ्नो पार्टी खत्तम हुने” बताए।

ती भनाइलाई विपक्षी नेता एमाले अध्यक्ष केपी ओलीले “धम्कीको अभिव्यक्ति” भनेका छन्।

अर्थात् भरतपुर महानगरपालिकाको रस्साकस्सी अभूतपूर्व मोडमा पुगेको बुझ्न गाह्रो छैन।

यहाँको चुनावी मैदानमा उत्रिएकामध्ये सबभन्दा चर्चित तीन उम्मेदवारका सामु तीन थरी चुनौती देखिएको छ।

(FROM BBC)