निर्वाचन खर्च अत्यधिक बढेको छ ।
धनीको हातमा नेपालको राजनीति गइरहेको छ ।
यही कारण मुलुकमा नयाँ द्वन्द्वको सिर्जना गर्न सक्छ ।
अहिलेको निर्वाचन प्रणालीकै कारण ठेकेदारहरूको बिगबिगी बढेको छ ।
पैसा भएपछि एउटा पार्टीले टिकट नदिए अर्कोले दिन्छ, शीर्ष नेताहरू पनि पैसा भएकाहरूलाई पार्टीमा ल्याएर टिकट दिन्छन्, जो पार्टीमा मिहिनेत गरेको छ, समाजसेवा गरेको छ, पार्टीमा निरन्तर लामो समयदेखि रहेर काम गरेको छ उसले टिकट पाएको छैन समानुपातिक समावेशितामा जानेहरूमा पनि विकृति छ । पैसा र पहुँच भएकाहरू नै पुग्छन् पदमा । बिहेबारी के केबाट पहुँच पुग्छ । यसकारण यो समावेशितालाई पनि पुनःपरिभाषित गर्नुपर्छ ।