logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेको चुनाव चिह्न सूर्यमा प्वाल परिसक्यो : गगन थापा


अंकुरण खबर
1.235K
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेको चुनाव चिह्न सूर्यमा प्वाल परिसकेको टिप्पणी गरेका छन् । एमालेले साना दलहरुसँग तालमेल गरेको र ति दलका चिह्नले घोचेर सूर्यमा प्वाल परिसकेको थापाको भनाइ थियो ।

मंगलबार काठमाडौंको असनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल, परिवार दल लगायतका साना पार्टीको चुनाव चिह्नले सूर्यलाई प्वाल पारेको टिप्पणी गरेका हुन् ।

‘मकवानपुरमा कमल थापा, चितवनमा राजेन्द्र लिङ्देन, डाँडा चढ्दा विप्लव, आरोलो झर्यो सीके राउत,’ थापाले भने, ‘परिवार दलको साँचोदेखि सीके राउतको लाउडस्पिकर, कमल थापाको तीरदेखि राजेन्द्र लिङ्देनको हलोसम्म चारै तिरबाट सूर्यको झण्डा हेर्नु भयो भने घोच्दा घोच्दा प्वाल परिसकेको छ ।’

उनले काठमाडौंका मतदाताले एमालेलाई प्रशर्न गर्नु पर्ने बताए ।