ईसान बाल तथा महिला अस्पतालले आफ्नै सुबिधा सम्पन्नयुक्त नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ।
विगत २७ वर्षदेखि बसुन्धारामा अवस्थित भाडाको भवनबाट सेवा दिदैं आएको अस्पतालले अहिले टोखा नगरपालिका–५ को श्रीटोलमा बनेको सुबिधायुक्त भवनबाट सेवा सुचारु गरेको हो ।
मंगलबार अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरि श्रीटोलमा ६ रोपनी जग्गामा बनेको ८ तले आकर्षक भवनबाट सेवा सुचारु गरेको जनाएको हो । १०० शैयाको क्षमता रहेको नयाँ भवनबाट सेवा सुरु गरेसंगै बाल रोगका क्षेत्रमा समयसापेक्ष, गुणस्तरीय, सर्वशुलव र अन्तर्राष्ट्रिय स्तरको सबै सेवा दिने वरिष्ठ बालशल्य चिकित्सक तथा अस्पतालका निर्देशक प्रा.डा.आरपी चौधरीले बताए ।
नयाँ भवन आधुनिक प्रविधिबाट बनेको जस्मा ३ तला अन्डरग्राउण्ड र ५ तला माथि छ । जस्मा बच्चालाई खेल्ने ठाउँ लगाएत बालमैत्री वातवरण निर्माण गरिएको छ ।
बच्चामा हुने सम्पूर्ण रोगको गुणस्तरीय उपचार यस अस्पतालमा हुँदै आएको छ । डा.चौधरी भन्छन् ‘दक्ष, अनुभवि चिकित्सक, नर्स लगाएत अस्पतालको सम्पूर्ण टीमको मिहिनेत, अत्याधुनिक प्रविधियुक्त उपकरण र अन्तर्राष्ट्रिय अस्तरको सेवा सुविधा कै कारण अस्पताल प्रति बिरामीको विश्वास बढेको छ । नेपालबाट मात्र नभएर इन्डियाबाट समेत आएर उपचार गराउनु भएको छ । यो हाम्रो ठुलो सफलता हो ।’
प्रा.डा.चौधरीको टीमको यस अस्पताललाई नेपालमा बाल तथा स्त्री रोगमा बुटिक अस्पतालका रुपमा परिचित गराउने लक्ष्य रहेको छ ।
कार्यक्रममा वरिष्ठ बाल रोग विशेषज्ञ डा.ज्योति रत्न झाले कत्तिपय बिकसित भनिएका देशले समेत बालशल्यको लागि छुटै स्थान नदिएको अवस्थामा यस अस्पतालले पेडीयार्टिकलाई विशिष्टकृत बनाएको जनाए । आगामी दिनमा अस्पतालले आफ्नो सेवा अझ शुलव सवलिकृत र परिष्कृत बनाउदै सबैको रोजाइमा पर्नेगरि काम गर्दै लैजाने डा. झाको भनाई छ ।
बालरोग सम्बन्धी सबै सेवा उपलब्ध :
यस अस्पतालमा निम्मआयस्रोत भएकादेखि उच्च आएस्रोत भएका व्यक्तिलाई समेत ध्यानमा राखि उपचार कक्ष निर्माण गरिएको छ । यस अस्पतालमा आईसियू, एनआईसियु, एचडियु, बालबालिकाको ल्याप्रोस्कोपीमार्फत शल्यक्रिया हुन्छ । साथै बालबालिकाको मुटु, आन्द्रा, नशा, मिर्गौला,फोक्सो,ब्लड क्यान्सर, बालटमा लगायत सम्पूर्ण रोगको २४सै घण्टा विशेषद्धारा उपचार हुन्छ । अस्पतालले स्थानीयलाई आवश्यक प्रक्रिया पुराएर आए १० प्रतिशत छुटको व्यबस्था गरेको छ ।
त्यस्तै, स्त्री तथा प्रसुती रोग सम्बन्धि अधिकाशं रोगको उपचार हुन्छ । साथै निसन्तान दम्पतिका लागि प्रभावकारी आईभीएफ सेवा पनि अस्पतालले उपलब्ध गराउने छ । यसका साथै नाक, कान तथा घाँटी,पेनलेस प्रसुती, नेत्र रोग, फिजियोथेरापी लगाएतका सेवा पनि दिनेछ । आगामी दिनमा विभिन्न रिसर्च बेस कार्यक्रमको साथै बच्चाको मात्र नभई ठुलाको पनि उपचार गर्दै लैजाने अस्पतालको योजना छ ।