logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजदेखि देशैभर ६ दिन विद्यालय बन्द हुने


अंकुरण खबर
2.561K
Shares

आज २८ गतेदेखि सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णयअनुसार शिक्षा मन्त्रालयले आज २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा तीन दिन बिदा दिन निर्देशन दिएको हो । सो निर्देशनअनुसार देशैभरका सामुदायिक विद्यालय तीन दिनसम्म बिदा हुने भएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले मतदान केन्द्र भएका विद्यालय तीन दिनसम्म बन्द हुने बताएका छन्। सरकारी निर्णयअनुसार वैशाख २८ देखि ३० गतेसम्म विद्यालय बन्द हुनेछ । ३१ गते शनिबार परेको छ । जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुईदिन बिदा दिने सरकारी निर्णयअनुसार जेठ १ गते आइतबार पनि विद्यालय बन्द हुनेछ । जेठ २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेको छ । यसरी देशभरका सरकारी विद्यालय ६ दिन बिदा हुने छन् ।