logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सुनको भाउ ओरालो लाग्ने क्रम जारी, आज तोलामै हजार घट्यो


अंकुरण खबर
819
Shares

आज सुनको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा आज एक हजारले सुनको भाउ घटेको हो । आज छापावाल सुन ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।मंगलबार पनि सुन तोलामा ७ सयले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो।​

तेजावी सुन आज प्रतितोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँ कायम भएको भएको छ। केही दिनदेखि सुनको भाउ ओरालो लाग्ने क्रम जारी छ ।