आज सुनको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा आज एक हजारले सुनको भाउ घटेको हो । आज छापावाल सुन ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।मंगलबार पनि सुन तोलामा ७ सयले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो।
तेजावी सुन आज प्रतितोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँ कायम भएको भएको छ। केही दिनदेखि सुनको भाउ ओरालो लाग्ने क्रम जारी छ ।