logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आचारसंहिता नमान्ने पूर्वप्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म


अंकुरण खबर
572
Shares

निर्वाचन आयोगले आचारसंहिता पालना गर्न पटक–पटक राजनीतिक दलका नेता कार्यकर्तादेखि अन्य सरोकारवालाहरूलाई आग्रह गर्दै आएको छ। आयोगले आचारसंहिता पालना गर्न आग्रह गर्नुको कारण निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि हो ।

मौन अवधिमा के गर्न हुने र के गर्न नहुने प्रावधान पनि आयोगले जारी गरिसकेको छ । तर, देशका पूर्वप्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मले मौन अवधिमै आचारसंहिताविपरीतको गतिविधि गरे ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना पार्टी जनता समाजवादी पार्टी (जसपा)लाई सङ्घीयता, सुशासन, समृद्धि र समाजवादका लागि उक्त पार्टीका उम्मेदवारहरूलाई मत मागे ।

आयोगले जारी गरेको आचारसंहिताअनुसार मौन अवधिमा मत माग्नु हुँदैन । नैतिक प्रश्न उठ्नेगरी भट्टराईले बुधबार मत मागेका हुन् ।

उनी मात्र होइन, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एक भिडियो सन्देश जारी गर्दै एमालेका उम्मेदवारहरूलाई मत मागे । एमालेका उनी उपमहासचिव पनि हुन् । उनलाई त आयोगले २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ ।