logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले वडाध्यक्षका उम्मेदवार स्थानीयकाे नियन्त्रणमा, मौन अवधिमा पैसा बाँडेकाे आराेप


अंकुरण खबर
806
Shares

मौन अवधिमा मतदाता प्रभावित पार्न पैसा बाँडेकाे आराेपमा लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

बेसीशहर नगरपालिका-११ रामचोक बेसीको वस्तीमा पैसा बाँडेकाे भन्दै स्थानीय शिव सेढाईको समूहले जोशीलाई बुधबार राति साढे १० बजे नियन्त्रणमा लिएकाे हाे ।

जोशीको साथबाट १ लाख ३५ हजार रुपैयाँ, झोला, मोटरसाइकलको चाबी, पैसा बाँडेको नामावली भएको डायरी र अन्य कागजपत्र नियन्त्रणमा लिइएकाे स्थानीय अनिता सेढाईले बताइन् ।

जाेशीविरुद्ध जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने तयारी भइरहेकाे छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार  घटनाबारे बुझ्‍न प्रहरीलाई भनिएकाे छ ।