निर्वाचनको तयारी सबै पूरा भइसकेको छ।
चुनावको मुखैमा रोजगारीको लागि परदेश जानेहरुका आ आफ्नै बाध्यता छन् ।
गह्रौं पाइला सार्दै त्रिभुवन विमानस्थल पुगेका मानिसहरू नरमाइलो पाइला सार्दै परदेश लागेका छन् ।
तर तस्बिरमा देखिनुभएको बुबा हिजो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीका निम्ति कतार जानलाई हतारमा देखिनु हुन्थियो र उहाँको चिन्ता अर्कै थियो।
मैले उहाँलाई सोधेको थिएँ अनि भोट हाल्नु पर्दैन त बुबारु उहाँको प्रतिउत्तरस् बाबु धेरै पटक भोट हालें तर त्यो मेरो अमुल्य मतको कहिल्यै सदुपयोग भएन।
सधैँ जनप्रतिनिधि र नेताको निम्ति मात्रै सिमित भयो। कसलाई आफ्नो देश माया हुन्न र१ स्वाभिमानले मात्रै पापी पेट भरिन्न रहेछ।
पेट पाल्नै पर्यो छोराछोरी पढाउनै पर्यो। बाध्य भएर विदेश जाँदै छु।
उहाँको बोलीमा निराशा, आक्रोश र बाध्यता सबै थियो।