logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभरका अदालत जेठ २ गतेसम्म बन्द रहने


अंकुरण खबर
546
Shares

Close-up on a chain and a padlock closing a door.

देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ । शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको हो ।

सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले बिहीबार सूचना जारी गर्दै वैशाख ३० गतेदेखि आगामी जेठ २ गतेसम्म स्थानीय तहको निर्वाचन एवं सार्वजनिक बिदा परी लगातार चार दिन अदालत बन्द रहने जनाइएको छ ।

आगामी जेठ २ गते सोमबारका दिन बन्दीप्रत्यक्षीकरणको सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सर्वोच्च अदालत खुला रहने जनाएको छ ।