logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वप्रधानमन्त्री भट्टराईको अपिल – लोकतान्त्रिक महायज्ञमा उत्साहपूर्वक सहभागी बनौँ


अंकुरण खबर
624
Shares

जनता समाजवादी पार्टीका सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी बन्न आग्रह गरेका छन् ।

निर्वाचनलाई ३५ हजार स्थानीय जनप्रतिनिधि प्रत्यक्ष चुनिने देशको सबैभन्दा ठूलो लोकतान्त्रिक महायज्ञ भनेका छन् ।

उनले सामाजिक सञ्जाल ट्‍वीटरमार्फत उनले तल्लो तहको लोकतन्त्रको जग बलियो बनाउनुपर्ने औंल्याए ।

डा. भट्टराईले गृह जिल्ला गोरखाको पालुङटार नगरपालिका–१, खोप्लाङ डाँडागाउँस्थित अन्‍नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । ‍