मकवानपुर जिल्लामा मतदान प्रकृया शुरु भएको छ । मकवानपुरको दश वटै स्थानीय तहमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा गठबन्धनको तर्फबाट हेटौंडाको मेयरको उम्मेदवार मीना कुमारी लामाले मतदान गरेकी छिन । त्यसैगरी, हेटौंडा ९ प्रगती माविमा एमालेको तर्फबाट मेयरका उम्मेदवार अनन्त पौडेलले मतदान गरका थिए ।
हेटौंडा ११ बाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार सुमित्रा काफ्लेले मतदान गरेका थिए । मकवानपुर जिल्लामा जम्मा मतदाता संख्या २ लाख ९४ हजार ९ सय १९ जना छन् ।
निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए । मतदानको लागि मतदाताहरू उत्साही देखिएका छन् । उनीहरू बिहानैदेखि लामबद्ध भएर बसेका थिए ।