logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सहमहामन्त्री आङदेम्बेले मतदातालाई भने– क्षमतावान प्रतिनिधि छनोट गर्नुहोस्


अंकुरण खबर
975
Shares

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले गृह जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडास्थित शान्ति क्षेत्र आधारभूत विद्यालयमा मतदान गरेका छन् । बिहान ७ बजे पुगेर उनले मतदान गरेका हुन् ।

मतदान गरेपछि उनले निर्वाचनलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ र राज्यको पुनः संरचनापछि केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रिकृत गरेर गाउँगाउँमा सिंहदरबार स्थापना गर्ने अभियान भएको बताएका छन् ।

निवर्तमान हुन लागेका जनप्रतिनिधिहरूले सञ्चालन गरेका अधुरा योजनालाई सम्पन्न गर्न र आम नागरिकको चाहनाअनुसार विकास निर्माण कार्य अगाडि बढाउन उनको आग्रह छ ।

निर्वाचनमार्फत असल, योग्य, सक्षम एवं क्षमतावान प्रतिनिधि छनोट गर्न मतदाताहरूले मतदान गर्नुपर्नेमा जोड दिए ।