logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाराको देवताल गाउँपालिकामा मतदान पुन: सुरु


अंकुरण खबर
819
Shares

बाराको देवताल गाउँपालिकामा पुन: मतदान सुरु भएकाे छ । शुक्रबार  बिहान ७ बजेबाट सुरु भएकाे मतदानमा करिब २५ जनाले सहभागिता जनाएपछि त्यहाँ निकै हल्ला भयो । १०-१५ जना हात हालाहाल भएपछि राेकिएकाे मतदान फेरि सुरु भएकाे हाे ।

नेपाली कांग्रेसका र लोसपाका कार्यकर्ताबीचकाे झडपका कारण मतदान राेकिएकाे थियाे । झडपलाई सुरक्षाकर्मीले बेलैमा नियन्त्रणमा लिन सफल भएकाे थियाे ।

देवतला गाउँपालिकाका मतदान अधिकृत सुदर्शन ढकालका अनुसार करिब २ घण्टा बसेकाे सर्वदलीय बैठकले पुन: मतदान गर्ने सहमति भएपछि मतदानको प्रक्रिया सुरु गरिएकाे हाे ।

झडपमा घाइते भएहरुको सदरमुकाम कलैयास्थित कलैया असपतालमा उपचार भइरहेकै छ ।