logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सप्तरीमा मतदान अधिकृत कुटिए


अंकुरण खबर
1.547K
Shares

two boys hitting each other on a fight

सप्तरीको एक मतदानस्थलमा तोडफोड भएपछि मतदान स्थगित भएको छ। डाक्नेश्वरी नगरपालिकाको-२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरू तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

कुटपिटबाट मतदान अधिकृत विपीन यादव घाइते भएका छन्। उनको राजविराज स्थानीय गजेन्द्र नारायण अस्पतालमा उपचार भइरहेको छ ।

दुई हजारभन्दा बढी मत खसिसकेपछि केही व्यक्तिले एक्कासि तोडफोड गरी कर्मचारीलाई कुटपिट गरेका थिए ।