logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सप्तरीको डाक्नेश्वरीकाे स्थगित मतदान १ जेठमा


अंकुरण खबर
1.807K
Shares

सप्तरीको डाक्नेश्वरीमा स्थगित भएकाे मतदान १ जेठमा हुने भएको छ । डाक्नेश्वरी नगरपालिका-२ स्थित हिररबा मावि मतदान केन्द्रमा १ जेठमा मतदान हुन लागेकाे हाे ।

मतदान अधिकृत कुटिएपछि त्यहाँको मतदान रोकिएको थियो । रोकिएको मतदान आजै पुनः नहुने अवस्था भएपछि अर्को दिन मतदान गर्नेगरी स्थगित भएको हो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार सर्वपक्षीय छलफलपछि १ जेठमा मतदान गर्ने निर्णय गरिएको बताए । एक अशक्त महिलाले मतदान अधिकृतलाई मत हाल्न दिएकी थिइन् । तर, मत हाल्दा आफूले भनेको भन्दा अन्यत्रै हालेको भन्दै विवाद सुरू भएको थियो ।

विवादपछि एक समूहले मतदान अधिकृतमाथि कुटपिट गरेका थिए । मतदान अधिकृतमाथि कुटपिट भएपछि मतदान रोकिएको थियो ।