logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनाङको चामे गाउँपालिकामा गोला प्रथाबाट एमाले उम्मेदवार विजयी


अंकुरण खबर
637
Shares

मनाङको चामे गाउँपालिकाको वडा नं. ५ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कैले गुरुङ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार फुर्वा छिरिङलाई हराएका हुन् ।

निर्वाचन आयोगका अनुसार अध्यक्षका दुवै उम्मेदवारले बराबर ३०/३० मत प्राप्त गरेका थिए । दुवैको मत बराबर भएपछि विजय घोषणा गर्नको लागि गोला प्रथा गरिएको थियो ।

गोला प्रथा गर्दा नेकपा एमालेका उम्मेदवार गुरुङ विजयी भएका थिए ।