logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इलामको देउमाई तनावग्रस्त, प्रहरीद्वारा हवाइ फायर


अंकुरण खबर
1.144K
Shares

इलामको देउमाई नगरपालिका तनावग्रस्त भएको छ । मतगणना स्थल बाहिर प्रहरीले हवाई फायर गरेको छ । तीन राउण्ड गोली पड्किएको आवाज सुनिएको देउमाईमा रहेका पत्रकार टिका खतिवडाले जानकारी दिए ।

असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा समेत तोडफोड गरेका छन् । मतगणना स्थलमा कर्मचारीसँग स्वस्तिक छाप र मोबाइल भेटिएको भन्दै विवाद भएपछि मतगणना स्थगित गरिएकाे छ । गणना स्थगित भएपछि नगरपालिका परिसरमा नाराबाजी भइरहेको छ ।