प्रधानमन्त्री शेरबहादुर देउवाको वडामै नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका छन् ।
डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस (बीपी)का नरेश भण्डारी निर्वाचित भएका हुन् ।
भण्डारीले ६७३ मत पाए भने कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत प्राप्त गरेका थिए ।