logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लाङटाङकाे मतपेटिका सदरमुकाम धुन्चे आइपुग्यो


अंकुरण खबर
1.014K
Shares

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङबाट मतपेटिका सदरमुकाम धुन्चे आइपुगेको छ । स्थानीय तहको निर्वाचनको क्रममा शुक्रबार भएको मतदानको मतपेटिका पैदलमार्गबाट सदरमुकाम धुन्चे ल्याइएको हो ।

पहिले हेलिकप्टरबाट मतपत्र ढुवानी गर्ने तयारी गरिए पनि बाेकेरै मतपेटिका ढुवानी गर्न सर्कुलर भएअनुसार शनिबार मात्रै मतपेटिका आइपुगेकाे हाे ।

लाङटाङको मतपेटिका ल्याइएसँगै गोसाईकुण्ड गाउँपालिकाको मतगणना तत्काल सुरु गर्ने मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । अहिले सर्वदलीय बैठक बसिरहेको छ । बैठक सम्पन्न हुनासाथ मतगणना सुरु हुनेछ । सदरमुकामबाट सबै भन्दा टाढाको मतदान केन्द्र लाङटाङनै हो ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४, लाङटाङमा ८३.१९ प्रतिशत मत खसेको छ । यस वडामा तीन सय  सय ६३ मतदाता थिए । जसमा तीन सय सय दुई मत खसेको हो । यहाँ एक सय ६२ पुरुष र एक सय ४० महिलाले मतदान गरेका छन् ।