logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ढकारी गाउँपालिका अध्यक्षमा कांग्रेसका साउँद विजयी


अंकुरण खबर
1.82K
Shares

अछामका ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ । अध्यक्षमा प्रकाशबहादुर साउँद र उपाध्यक्षमा नेत्रकलादेवी शाही विजयी भएका हुन्।

साउँदले ३ हजार १ सय ८१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धर्मबहादुर शाहीले २ हजार ५ सय ५५ मत पाए।

उपाध्यक्षमा कांग्रेसकै शाहीले ३ हजार १ सय मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका मायादेवी बुढाले २ हजार ५ सय ७३ मत पाइन् ।