logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरमा पहिलो महिला वडाध्यक्ष


अंकुरण खबर
663
Shares

मकवानपुर जिल्लामा स्थानीय निर्वाचन- २०७९ अन्तर्गत पहिलो महिला वडाध्यक्ष विजयी भएका छन् ।

मकवानपुरको बकैया गाउँपालिका-१० मा कांग्रेसबाट उम्मेदवार रहेकी कमला कुमारी वाइवा वडाध्यक्षमा निर्वाचित भएकी हुन् । वाइवा निकटतम प्रतिस्पर्धी एमालेका कमलकुमार घलानलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएकी हुन् ।

वाइवाले ६२९ मत प्राप्त गर्दा एमालेका उम्मेदवारले ३७५ मत पाएका हुन् । उनी मकवानपुरमै पहिलो निर्वाचित हुने वडाध्यक्ष हुन् ।