logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

चन्द्रमाबाट ल्याइएको माटोमा पहिलो पटक बिरुवा उमारियो


अंकुरण खबर
1.391K
Shares

वैज्ञानिकहरूले चन्द्रमाबाट ल्याइएको माटोमा पहिलो पटक बिरुवा उमारेका छन्।

यसलाई चन्द्रमामा लामो समयसम्म मानिस बस्न सम्भव हुने बनाउने प्रयासमा एउटा महत्त्वपूर्ण कदम मानिएको छ।

सन् १९६९ देखि १९७२ सम्मका एपोलो अभियानका क्रममा सङ्कलित धुलोमा अनुसन्धानकर्ताहरूले एक प्रकारको वनस्पतिको बीज रोपेका थिए।

उनीहरूलाई दङ्ग पार्नेगरी चन्द्रमाको माटोमा दुई दिनपछि नै उक्त वनस्पति उम्रियो।

“हामी कति छक्क पर्‍यौँ भन्ने म तपाईँलाई बताउनै सक्दिनँ,” उक्त प्रयोगबारे एउटा वैज्ञानिक शोधपत्रकी सहलेखिका एना-लिजा पोलले भनिन्।

(from BBC)