logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालेनले बनाए साढे ४४ सयको मतान्तर


अंकुरण खबर
1.209K
Shares

काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले ४ हजार ४५७  मतान्तर बनाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार शाहले ९ हजार ६१४ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५ हजार १५७ मत पाएका छन् ।

कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४७७ मत पाएकी छन् ।

उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल भारी मतका साथ अगाडि छन् । उनले ९ हजार ४२१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ६६४ मत पाएका छन् ।