logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गाेरखाकाे धार्चे-६ मा गठबन्धनलाई हराउँदै एमाले विजयी


अंकुरण खबर
650
Shares

गाेरखाकाे धार्चे गाउँपालिका-६ मा एमालेका धनकुमार घलेको प्यानल विजयी भएको छ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनका उम्मेदवार मानबहादुर गुरुङलाई ४ मतान्तरले हराएर उनी वडाध्यक्ष बनेका हुन् ।

घले ५ सय ६१ मतसहित विजयी हुँदा गुरुङले ५ सय ५७ मत पाएका छन् ।

घले ०७४ काे निर्वाचनमा पनि वडाध्यक्ष बनेका थिए ।