logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

पातारासी गाउँपालिका अध्यक्षमा कांग्रेसका बोहरा, उपाध्यक्षमा माओवादीकी रोकाया विजयी


अंकुरण खबर
806
Shares

जुम्लाको पातारासी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा विजयी भएका छन् ।  उपाध्यक्षमा माओवादी केन्द्रका जुनमाया रोकाया विजयी भएकी छन् ।

अध्यक्ष बोहराले २ हजार ७६८ मत प्राप्त  गरेका छन् भने उपाध्यक्षमा माओवादीका रोकायाले २ हजार ७५४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्षका प्रत्यासी माओवादीका हरिबहादुर बुढाले २ हजार ६६८ मत प्राप्त गरे । उपाध्यक्षका प्रत्यासी कांग्रेसका शान्ति बुढाले २ हजार ४६३ मत ल्याएर पराजित भएकी हुन् ।

पातारासीमा ०७४ काे निर्वाचनमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेकाे थियाे ।