logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कालिकोटको सान्नी त्रिवेणीमा बागी उम्मेदवार विजयी


अंकुरण खबर
1.313K
Shares

वीरेन्द्रनगर, ३ जेठ
कलिकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रविरुद्ध बागी उम्मेदवारी दिएका महेश केसी विजयी भएका हुन् ।

केसीले १८२२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्बरबहादुर शाहीले १६१८ मत पाएका थिए ।  त्यस्तै, गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी पार्वती सिंह विजयी भएकी छन् । उनले १६५३ मत ल्याएर विजयी भएकी हुन् ।